काठमाडौँ । आजदेखि विद्युतीय सेवा कर लागू हुँदैछ । जसअनुसार, आजदेखि पहिलो पटक युट्युब, फेसबुक जस्ता प्लेटफर्महरू करको दायरामा आएका छन्।
यसका लागि विद्युतीय सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका हुन् ।
यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ । वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ । स्थायी लेखा नम्बर नलिए पनि विद्युतीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।