काठमाडौं । आजदेखि आर्थिक वर्ष २०७९र०८० को बजेट कार्यान्वयन हुँदैछ । योसँगै सरकारले वृद्धि गरेको कर्मचारीको १५ प्रतिशत तलब पनि कार्यान्वयनमा गएको छ ।
अब साउन महिनाको तलब अघिल्लोभन्दा १५ प्रतिशतले वृद्धि भएर आउनेछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरेका थिए ।अब मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।
त्यस्तै, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नायब सुब्बाको ३४ हजार ७३० र खरिदारको ३२ हजार ९ सय २ रुपैयाँ पुगेको छ ।