काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेरा उगर्दै विरोध प्रदर्शन गरेका छन्।
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।
नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारमा आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ।
गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।
विवाद
एमालेको अर्थ योजना विभागको सदस्यमा एम. अधिकारी खोटाङ आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्। एम. अधिकारी नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको धेरैले दाबी गरिरहेका छन्।
तर, एमाले र गभर्नरले एम अधिकारी अर्कै व्यक्ति रहेको दाबी गर्दै आए पनि हालसम्म एम अधिकारी को हो भनेर खुलाउन सकेका छैनन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ।