काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो।
आईओसीले निगमलाइ पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको छ।
भारतबाट मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाउने वा बढाउनेबारे निगमले निर्णय गरिसकेको छैन।