काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई पार्टी र दुई देशकाबीचको सम्बन्धलाई सुदृढ गर्ने विषयमा महत्त्वपूर्ण सम्वाद भएको प्रचण्डको सचिवालयले जनाएको छ।
भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, प्रचण्डी छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।
नड्डाकै निमन्त्रणमा तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर स्वदेश फर्किने बताइएको छ।
शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरिसकेका छन्।