धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलको अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारको क्रममा शनिवार साँझ मृत्यु भएको हो।
उनी दीर्घ रोगी थिइन् र कोरोनाविरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी थिइन्।
यस भन्दा अघि पनि धरान सुनसरी जिल्लाकै १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका हो। पछिल्लो समय धरानमा एक हप्ताको पेरीफेरिमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।