काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली स्कटल्यान्डबीचको खेल सुरु भएको छ।
टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
आजको खेलमा नेपालले टोलीमा तीन परिवर्तन गरेको छ। नेपालले पवन सरार्फको स्थानमा करण केसी, बसिर अहमदको स्थानमा किशोर महतो र आदिल अन्सारीको स्थानमा विनोद भण्डारीलाई खेलाइएको छ।
यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो भने नामेवियासँग दुवै खेल गुमाएको थियो।