बेल्जियम । नेपाली पब्लिकका प्रधान सम्पादक सहितको पत्रकारको टोली बेल्जियम पुगेको छ । प्रवासमा नेपाली पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा पुगेको सो टालीलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियमको लुभेनमा भव्य स्वागत गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का जुलाई ११ तारिख प्रवासमा नेपाली पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
कार्यक्रममा बेनेलक्स तथा यूरोपियन युनियनका लागी नेपालका महामहिम राजदुत गेहेन्द्रराज राजभण्डारीको प्रमुख अतिथ्यता र कावा अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
युरोप शाखा प्रवासमा रहेका शाखामा उत्कृष्ठ शाखा रहेको भन्दै बैधानिक रुपमा शाखाले काम गरेकोले बैधानिक रहेको मन्तब्य सहित केन्द्रीय समिति सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष तथा व्यवसायी लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ ,महिला व्यवसायी कल्पना मगर लगायत संघ सस्थाका प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ यूरोपका कार्यबाहक अध्यक्ष केजिन राई, उपाध्यक्ष दिल निशानी मगर,महासचिब द्रोण रिजाल,सचिब महिन्दो वाईबा र कोषाध्यक्ष ईन्दिरा चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।