काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताका रूपमा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ ।
उनी कामपाको सूचना प्रविधि समितिका संयोजक समेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतवार बसेको छैटौं कार्यपालिका बैठकले प्रवक्ता नियुक्तिको निर्णय गरेको हो ।
बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले ६ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।