काठमाडौं। पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (सोमबार) कार्यसमिति बैठक बस्दैछ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक ३ बजेलाई डाकिएको छ । विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ।
जसमा विवादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन्। पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन्।
तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन छ। सिइओ, प्रवक्ता, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ।