काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरुद्व प्रेस काउन्सिलमा उजुरी दिएका छन्।
उनले मंगलबार नेपाल समाचारपत्र र हिमालय टेलिभिजनलाई कारवाहीको माग गर्दै काउन्सिलमा उजुरी दिएका हुन्।
केही दिनअघि नेपाल समाचारपत्र र हिमालय टेलिभिजनले महानगरका मेयर शाहले एक संस्थाका लागि एक करोड रुपैयाँ विनियोजन गरेको समाचार प्रकाशन गरेका थिए।
उक्त समाचारका सत्यता नरहेको भन्दै मेयर शाहले यसअघि खण्डन गरेका थिए।
पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न नसक्ने भएकोले लोकतन्त्र र कानुनको पालना सबैले गर्नुपर्नेमा उनले जोड दिएका छन्।
भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको उनले जानकारी दिएका छन्।