काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई फेरि कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज उनले सामाजिक सञ्जालमार्फत सो बारे जानकारी दिएका हुन् ।
पहिलो पटक ६ महिनाअघि कोरोना सङ्क्रमित भएका मिश्र फेरि अहिले आफू कोरोना सङ्क्रमित भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत पहिलो पटकजस्तो कडा लक्षणहरू नरहेको र थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या रहेको बताएका छन् ।अहिले घरमै आराम गरिरहेको उनको भनाई छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर ह्वातै बढेको छ ।
हिजो मंगलबार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हाल नेपालमा १ हजार ९८२ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।