काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।
बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
आईपीओको निष्कासन बन्द छिटोमा साउन १७ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा यो आईपीओमा साउन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ।