काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन विभिन्न वहाना बनाएर सार्ने खतरा रहेको बताएका छन्।
बुधबार एमालेको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
उनले संविधानमाथि थिचोमिथो गर्दै भए पनि वर्तमान सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन विभिन्न वहाना बनाएर सार्ने खतरा रहेको बताए। उनले समयमै निर्वाचन गर्नुपर्ने माग गरे।
स्थानीय तह निर्वाचन पनि सार्ने षड्यन्त्र भए पनि चौतर्फी दवावका कारण भएको ओलीले बताए।