काठमाडौं। रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्।
बुधबार भएको मतदानमा उनी १३४ मत पाउँदै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाए।
गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो।
विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ। उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।
श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।