काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महंगी, बढ्दो भ्रष्टाचार लगायतका मुद्दा उठाएर १६ साउनमा प्रदर्शन गर्न लागिएको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बसन्तपुरबाट सुरु हुने ¥याली शहरका भित्र भागहरुको परिक्रमा गर्नेछ । जनप्रदर्शनका लागि श्रेष्ठकै संयोजकत्वमा तयारी समिति नै बनेको छ ।