काठमाडौं। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिको म्याद थप्ने तयारी गरिएको छ।
समितिको म्याद बिहीबार सकिँदैछ। बिहीबार समिति गठन गरिएको १० दिन पुरा हुने भएकाले केही दिन म्याद थप गर्ने तयारी गरिएको हो।
७ दिन म्याद थप्न समितिले माग गरेअनुसार आजको प्रतिनिधिसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेस गरिने भएको छ। बैठकमा सभामुख अग्नि सापकोटाले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ।
समितिले मंगलबार अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको थियो भने बिहीबार पूर्व अर्थमन्त्री शर्माको बयान लिएको छ।
समितिले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।
सम्बन्धित समाचारः छानबिन समितिमा पूर्वअर्थमन्त्री शर्माले के दिए बयान ?