विराटनगर। भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राई रहेका छन्। ठक्करबाट घाइते परियार र राईको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरु सवार ३० प ९१०३ नम्बरको मोटरसाइकललाई एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चो ठक्कर दिएको थियो।
प्रहरीले कन्टेनरसहित र चालकलाई नियन्त्रणमा लिएको छ।