काठमाडौँ । क्यानडाको भिसा रिजेक्सन रेट बढेको छ । गत वर्ष १५ देखि २० प्रतिशत भिसा रिजेक्ट हुने गरेकोमा अहिले त्यो ४० देखि ५० प्रतिशतमा पुगेको छ ।
यस वर्षको अवधिमा भिसा रिजेक्सन रेट १५ देखि २० बाट ४० देखि ५० प्रतिशतमा बढेको इकोनोमिक्स टाइम्सले समाचार लेखेको छ ।
सम्बन्धित विषयका टपरको पनि भिसा रिजेक्ट भएको पाइएको छ । उनीहरूले उच्च शिक्षा अध्ययनका लागि क्यानडा अप्लाई गरेको थिए । शैक्षिक परामर्श व्यवसायीका अनुसार राम्ररी कागत पत्र तयार पार्दा पनि क्यानडाको भिसा रेजेक्सन रेसियो बढेको छ।
उनीहरूका अनुसार कोभिड १९ अगाडि ८५ प्रतिशतसम्म बिद्यार्थीको भिसा आउने गरेको थियो । शैक्षिक परामर्श व्यवसायीहरू बढी भिसा रिजेक्ट हुनुको कारण धेरै सङ्ख्यामा निवेदन प्रमाणीकरणको प्रक्रिया रहनुलाई ठान्छन् ।
गोल्ड मेडलिस्ट र टपर विद्यार्थीको पनि भिसा रिजेक्ट भइरहेको छ जसका कारण बिद्यार्थीहरू तनावमा परेका छन् । नेपालमा पनि यही रेसियोमा क्यानडा र अस्ट्रेलियाको भिसा रेजेक्सन भइरहेको शैक्षिक परामर्श व्यवसायीहरूले बताउने गरेका छन् ।
यो पनि पढ्नुस् :-
यसकारण भएको रहेछ अष्ट्रेलियाको भिसा रिजेक्सन
(क्यानडाको भिसा रिजेक्सन रेट बढेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । - सम्पादक)