काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।
पछिल्लो समय पुनः भारतमा कोभिड संक्रमण बढ्न थालेको छ । हाल भारतमा १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् ।