काठमाडौँ । भारतमा पछिल्लो एक दिनमा २० हजारभन्दा बढीमा जनामा कोरोना पुष्टि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म दैनिक २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक लाख ५२ हजार २ सय संक्रमणको अवस्थामा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।