काठमाडौं। राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ टेबुल भएको छ।
सोमबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरे।
शुक्रबार प्रतिनिधिसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको थियो।
पढ्नुस्, के–के छन् नागरिकता विधेयकका विशेषता ?