काठमाडौं। २ हजार युवायुवती काम गर्दै आएको एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
सोमबार प्रहरीले वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर सञ्चालन गरिँदै आएको तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा छापा मारेको हो।
चिनियाँ नागरिकले चलाएको उक्त कल सेन्टरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ। उनीहरुले त्यहाँ बसेर साइबर अपराध, अवैध गतिविधि गरेको आशंका गरिएको छ।
त्यहाँ कार्यरत युवायुवतीहरुलाई बाहिर निकालेर व्यवस्थापकसँग प्रहरीले सोधपुछ गरिरहेको छ।
उक्त कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको बताइएको छ।
आइतबार प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा रहेको जानकीनगरको ब्लु स्काइ कल सेन्टरमा छापा मारेको थियो।