काठमाडौं। सेयर बजारको परिसूचक नेप्से सोमबार ५४.४५ अंकले बढेको छ। योसँगै नेप्सेले २१ सय अंक नाघेको छ।
सोमबार ५४.४५ अंक बढेसँगै नेप्से २१३२ अंकमा कायम भएको छ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि बढ्यो। सोमबार ४ अर्ब १० करोडको सेयर कारोबार भयो।
सोमबार सबै उपसमूहका सूचक बढेका छन्। जसमध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ।
१७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो।
आव शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ।
आइतबार पनि नेप्से बढेको थियो। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेसँगै लगातार नेप्से बढिरहेको छ।