काठमाडौं। पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
४ हजार ८०० नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो।
आज ९५ जना निको भएका छन्। हालसम्म ९८.४ प्रतिशत संक्रमित निको भइसकेका छन्।
सोमबार कोरोनाबाट एक संक्रमितको मृत्यु भएको छ।
हाल देशभर ३ हजार ५३४ सक्रिय संक्रमित रहेका छन्।