काठमाडौं। वनमन्त्री प्रदीप यादवले प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेका छन्।
सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री यादवले प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेका हुन्।
प्लाष्टिकजन्य फूलका कारण वातावरण, फोहोर व्यवस्थापनमा हुनुका साथै प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा कमी आएपछि यो निर्णय गर्नुपरेको मन्त्री यादवले बताए।
उक्त निर्णयलाई वन मन्त्रालयले कानुन मन्त्रालयमा पठाएको छ। उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने मन्त्रालयले जनाएको छ।
प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णयको फ्लोरिकल्चर एसोसियसन नेपालले स्वागत गरेको छ।