काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबारसम्म प्रकाशित गर्ने तयारी गरेको छ।
बोर्डले नतिजा प्रकाशित गरिसकेपछि वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बताएको छ। गत वैशाखमा भएको यसवर्षको एसइई परिक्षामा ५ लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
एसईईको नतिजा सार्वजनिक भएपछि कसरी हेर्न ?
रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम : www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि. www.admissionnepal.com
SMS र IVR
जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नमस्तेको सिमकार्डबाट यसरी हेर्नुहोला ।
कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो।
परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए।