काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क प्रयोग गर्न आग्रह गरेका छन्।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले कोभिड–१९ सङ्क्रमणदर बढ्दै गएकाले अनिर्वाय मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।
सभामुख सापकोटाले भने, ‘कोभिड–१९ को सङ्क्रमणदर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ। तसर्थ, संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु।’
नेपालमा सोमबार मात्रै ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३५३४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।