पर्सा। माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन्।
वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा उनीहरुलाई आइतबार रार्ति पक्राउ गरिएको हो।
अजय र राजकपुर उपर चोरीसम्बन्धी कसूरमा जिल्ला अदाल पर्साबाट सात दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।