काठमाडौं। पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न बहानामा बचतकर्तालाई ठगी गर्ने गरेको पाइएको छ।
पर्फेक्ट सहकारीले ऐन तथा कानून विपरित बचतकर्तालाई ठगी गर्ने गरेको पाइएको हो। खाता खोल्दादेखि बन्द गर्दासम्म सहकारीले विभिन्न बहानामा रकम असुल्ने गरेको छ। तर, उक्त रकम किन र कुन ऐन नियमअनुसार लिइयो भन्ने सहकारीका कर्मचारी खुलाउँदैनन्।
त्यस्तै, सहकारीले खाता बन्द गर्न पनि निश्चित रकम (कम्तीमा ५ प्रतिशत) चार्ज भन्दै काट्ने गरेको बचतकर्ताको गुनासो छ। तर सहकारी ऐनदेखि अन्य ऐन नियममा कतै पनि खाता बन्द गर्दा रकम लिन पाइने भनेर उल्लेख छैन।
त्यसैले पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कानून विपरित विभिन्न बहानामा बचतकर्ताबाट रकम असुल्ने गरेको छ। त्यस विषयमा बुझ्न खोज्दा सहकारीका कर्मचारीले कुनै जवाफ नै दिएनन्।
काठमाडौं महानगरका सहकारी विभागले पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्व यस विषयमा कारवाहीको माग गर्दै निवेदन परेको जनाएको छ।
काठमाडौं महानगरका सहकारी विभागका शिवजी भट्टराईले खाता बन्द गर्दा ५ प्रतिशत काट्न नपाइने बताए। उनले त्यसरी काटिएको रकम फिर्ता नगरेर सहकारीलाई कारवाही गर्ने बताए।
भट्टराईले पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सिइओ रमेश घिमिलेलाई खाता बन्द गर्दा कुनै पनि बहानामा बचतकर्ताको रकम नकाट्न सचेत पनि गराए।
पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको न्यूरोड, बौद्व र टेकुमा कार्यालय खोलेको छ।
यसअघि पनि पर्फेक्ट सहकारीले महंगो ब्याज दिने भन्दै पैसा उठाएर समयमा तिर्न नसकेको तथा फिर्ता नगरेको गुनासो आएका थिए।
नोटः यस विषयमा नेपाल पब्लिकले फ्लोअप समाचार प्रकाशित गर्नेछ। कोही यस सहकारीबाट ठगीनुभएको छ भने ९८५११३४७२० मा सम्पर्क गर्नुहोला।