झापा। ताप्लेजुङ स्थायी घर भई झापाको शान्तिनगरको बर्नेमा व्यवसाय सञ्चालन गर्दै आभएका एक जना व्यवसायीको शव झापाको चारआली जङ्गलमा फेला परेको छ।
चारआल जङ्गलमा झुन्डिएको अवस्थामा ताप्लेजुङको पाथीभरा याङवरक –३ तिरिङे स्थायी घर भएका व्यवसायी मनकुमार पौडेलको शव मङ्गलबार राति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मङ्गलवार बिहान पसलका लागि सामान लिन विर्तामोड गएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका साँझसम्म पसलमा नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो।
उनको साथमा रहेको पैसा, पर्स र सुनको चेन हराएको छ। परिवारजनले उनको हत्या भएको आशङ्का गर्दै छानविन गर्न माग गरेका छन्।