काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा एसईईको नतिजा सार्वजनिक गर्दैछ।
बोर्डले बुधबार दिउँसो केहीबेरमा एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो। त्यसका लागि अहिले बोर्ड बैठक बसिरहेको छ।
वैशाख ९ गतेदेखि भएको परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी भएका थिए।
यसरी हेर्नुस् नतिजाः
रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम : www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि. www.admissionnepal.com
SMS र IVR
जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड (३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड (३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड (३१००३)
नमस्तेको सिमकार्डबाट यसरी हेर्नुहोला ।
कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो।