काठमाडौं। पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न बहानामा बचतकर्ताबाट असुलेको रकम फिर्ता गरेको छ।
मंगलबार नेपाली पब्लिकले खाता बन्द गर्दा पनि सहकारीले निश्चित रकम (कम्तीमा ५ प्रतिशत) चार्ज भन्दै काट्ने गरेको बचतकर्ताको गुनासोसहितको ‘पर्फेक्ट सहकारीको ठगी धन्दा–१ : कानून विपरित बचतकर्ताबाट रकम असुल्दै’ समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशित भएपछि बुधबार पर्फेक्ट सहकारीले बचतकर्तालाई बोलाएरै असुलेको रकम फिर्ता गरेको हो। सहकारीले बचतकर्ताबाट असुलेको रकम फिर्ता गर्नुका साथै सेयरबापत आउनुपर्ने थप १२ हजार रुपैयाँ पनि दिएको छ।
पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको न्यूरोड, बौद्व र टेकुमा कार्यालय खोलेको छ।