काठमाडौं। पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।
शुक्रबार बिहान यति एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाजको इन्जिनमा समस्या देखिएको छ।
जहाजको इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।
उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।
इन्जिनियरहरुले जहाजको जाँच गरिरहेका छन्। उक्त जहाजमा ४५ जना यात्रु थिए।