काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकालाई एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको बताएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले साउन ९ गते नै कुटनीतिक माध्यमबाट लिखित पत्र पठाइसकिएको जानकारी दिए ।
मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो। तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो।
सांसदहरुले निरन्तर प्रश्न उठाउँदै आएपछि सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराउन पनि रुलिङ गरेका थिए।
खड्काले आन्तरिक परामर्श आवश्यक भएकाले पत्र पठाउन केही ढिलो भएको स्वीकार गरे।