पर्वत। अरिङ्गालको टोकाइबाट एक युवकको ज्यान गएको छ ।
कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियार अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको शुक्रबार धवलागिरि अस्पतालमा मृत्यु भएको हो।
परियार गएराति घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए।