नयाँदिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ।
मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो।
भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुकाप्रति गहिरो दुःख व्यक्त गरेको छ।