डोटी। पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चुनाव अघि पार्टी एकता सम्भावना नभएको बताएका छन्।
पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपालले चुनाव अघि पार्टी एकता सम्भावना नभएको र अब चुनावी मोर्चा बन्ने बताए।
अध्यक्ष नेपालले भने, ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं। गठबन्धन भनेर मात्र हुँदैन, सबै बफादर हुनुपर्छ तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन। अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो। चुनावी मोर्चा बन्न सक्छ तर निर्वाचन अघि कुनै पनि पार्टीसंग एकता हुँदैन।’
अध्यक्ष नेपाल पाटी एकताको लागि गृहकार्य समेत अगाडि बढेको बताए। तर निर्वाचन अगाडि एकताको कुरा सम्भावना नभएको समेत उनले बताए।