कामठाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना पुष्टि भएको छ ।शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ ।सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले बताए ।