काठमाडौं। सुर्खेतबाट मुगुका लागि छुटेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेका छन्।
सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जीप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जीपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए।
जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। जिपमा अन्य पाँच जना यात्रु सवार थिए। अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।