बिजुवार। प्युठानमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको बुटवलस्थित एडवनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते १४ जनाको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ।
स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।
सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए।