काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पट पारेका छन्।
अर्बौको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा सञ्चार माध्यममा भइरहेका बेला मन्त्री बडूले आफू सो पक्षमा नरहेको बताएका हुन्।
आइतबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार, भ्रामक र आधारहिन भएको चर्चा गर्दै त्यसको पछि नलाग्न आग्रह गरे।
मन्त्री बडूले अर्बौको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने विषय हल्ला मात्र भएको बताए। आफूले नेपाल आयल निगमको निजीकरण नभई त्यसलाई पारदर्शी बनाउन चाहेको उनले दावी गरे।