काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।
शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोरयाएका हुन् ।
यसैबिच अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् । मन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करलगायत कर्मचारीले स्वागत गरे ।