काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए ।