बझाङ । बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।
गाउँपालिकाले १५ असारमा सार्वजनिक सूचना जारी गर्दै चालिस वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको छ ।गाउँपालिकाले ४० वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित पुरुष र ४० वर्ष पूरा भएर ६८ वर्ष पूरा नभएका गैर–दलित पुरुषलाई भत्ताका लागि आवेदन दिन सूचनामार्फत जानकारी गरिएको छ ।
स्थानीय तहको चुनावमा एकल पुरुषलाई भत्ता दिने घोषणा पत्र जारी गरेअनुसार नै गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको वडा नं १ अध्यक्ष रामचन्द्र रोकायाले बताए ।
