इटहरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ।
धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरेका हुन्। साथै, उनीहरुले मेयर साम्पाङविरुद्व नारावाजी पनि गरेका छन्।
बराह सहकारीले बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा मेयर साम्पाङ परेका हुन्।
मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो?’ भन्ने अभिव्यक्ति दिएपछि सहकारी पीडितहरु आक्रोशित भएका थिए।
घटनापछि स्टाटस खेल्दै साम्पाङले सहकारीको सबै विवरण उपमहानगरमा बुझाउनुपर्ने नत्र बन्द गराउनुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन्।