काठमाडौँ । शेयर बजार परिसुचक नेप्से आज सामान्य अंकले वृद्धि भएको छ । नेप्से आज १ दशमलव १५ अंकले बढेर २ हजार १ सय ९६ दशमलव २५ विन्दुमा पुगेको हो ।
आज २ सय १७ वटा कम्पनीको १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता शेयर कुल ४ अर्ब ६७ करोड ७९ लाख ८७ हजार ५६ रुपैयाँमा कारोबार भएको छ बुटवल पावर र गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जलविद्युत् लगानी तथा विकास कम्पनी, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।