कपिलवस्तु। अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा एक दम्पतीलाई बगाएको छ ।
जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पतीलाई आज बिहान बगाएको हो।
बाणगंगा– ७ निवासी बीर बहादुर सुनार र लक्ष्मी सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ।
उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन्। नदीमा बगेका दुवै जनाको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।