काठमाडौं। नेकपा (एमाले)का सांसद विशाल भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको प्रति आपत्ति जनाएका छन्।
मङ्गलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले विगतको सरकारले गरेको सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग माग गरे।
हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न उनले अनुरोध गरे।
तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सीके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिए।
सम्बन्धित समाचारः
विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी
पक्राउ पुजी जारीपछि विप्लवको पार्टीको चेतावनीः हातमा दही जमाएर बस्दैनौं