धनगढी । धनगढीको नवजीवन अस्पतालमा मंगलबारबाट डायलासिस सेवा सञ्चालनमा आएको छ । नवजीवन अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरको संयुक्त लगानीमा सो अस्पतालमा डायलासिस सेवा सञ्चालन गरिएको हो ।
सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरको डा. शुभेषराज कायस्थले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
सात करोड रुपैयाँ लगानीमा १० शय्याको डायलासिस सेन्टर सञ्चालनमा आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले बताए ।
‘अहिले ६ बेडबाट सेवा प्रवाह भइरहेको र बाँकी ४ वटामा मेसिन जडान भइरहेको छ । त्यो पूरा भएपछि १० बेडबाट सेवा सञ्चालन हुन्छ’, उनले भने ।
हाल धनगढीकाे सेती प्रादेशीक अस्पतालमा डायलाइसिस सेवा रहेपनि बिरामीकाे चापका कारण सबैलाई सेवा लिन सहज थिएन ।अब भने केहि सहज हुने अपेक्षा गरिएको छ ।